ललितपुर । लायन्स डिष्ट्रिक ३२५ एल नेपालअन्तर्गतका लायन्स क्लबहरूले दशैँ, तिहार, छठ वर्षका अवसरमा संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।
काठमाडौं वेदव्यास, काठमाडौं सिमिक भेन्चर, काठमाडौं नेपालय, काठमाडौं गौरीशंकर, काठमाडौं ककनी, काठमाडौं निर्जला, काठमाडौं ओम बुद्ध, काठमाडौं स्वःनिग, काठमाडौं टेम्पल चण्डेश्वरी, काठमाडौं ठमेल, काठमाडौं सञ्जिवनी धुलिखेल, काठमाडौं नाला काभ्रे, धादिङ कोशीखोला बुद्ध शान्ति, काठमाडौं बंगलामुखी र काठमाडौं ठमेल एभरेष्ट तथा लियो सिमिक भेन्चर, लियो वेद व्यासद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप-मेयर मञ्जली शाक्य, डिस्ट्रिक गभर्नर लायन परमेश्वर बराललगायत भाइस गभर्नर र पूर्वगभर्नरका साथै लायन गायत्री जोशीको उपस्थिति रहेको आयोजकले जनाएको छ । सो अवसरमा उपमेयर शाक्यले नेपाली कला संस्कृतिको जगेर्ना गरेको भन्दै लायन्स क्लबलाई धन्यवाद दिनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts