
कैलाली । नेकपा (एमाले) को सुदूरपश्चिम अध्यक्ष बन्न ४ जनाको उम्मेदवारी दर्ता भएको छ । धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो ।
अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमध्ये सिंह कञ्चनपुरका र अरु तीनै जना अछामका हुन् ।
निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। तर पछि समय बढाइएको हो । अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ ।
साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच