इलाम । इलाममा ट्राफिक नियम उल्लंघन गर्दा चालकले तिर्ने जरिवाना अब राष्ट्रिय बाणिज्य बैंकमा बुझाउनुपर्ने भएको छ ।
यसअघि सर्वसाधारणले ट्राफिक कार्यालयमा बुझाउने गरेका थिए । बैंकमा भौचर भरेर पैसा तिरेको रसिद देखाएपछि मात्रै ट्राफिकले नियन्त्रणमा लिएको सवारी, लाइसेन्स वा कागजात उपलब्ध गराउनेछ ।
जिल्ला ट्राफिक कार्यालय इलाम र त्यस मातहतको ट्राफिक पोस्ट बिबल्याटेले बैंकमार्फत राजस्व लिने व्यवस्था सुरु भएको इलामका ट्राफिक प्रहरी प्रमुख दिपक दुलालले बताउनुभयो । उहाँले असोज २२ गते सोमबार बाट यसको सुरुवात भएको बताउँदै अब जिल्ला भर नै यहि ब्यवस्था मिलाउने तयारी भइरहेको समेत बताउनुभयो।
ट्राफिकलाई जरिवाना बुझाउँदा सर्वसाधारणलाई रसिद नदिने, नक्कली रसिद छपाएर राजस्व अनियमितता गरेको आरोप लाग्ने गरेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा