एक घर, एक ओखर कार्यक्रमलाई शिखरको साथ

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले सञ्चालन गरेको एक घर, एक ओखर कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिखर इन्स्योरेन्स कम्पनीले १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले किसानमैत्री कार्यक्रम नतिजामुखी र सफल बनाउन शिखरको कर्णाली प्रदेश कार्यालयका प्रमुख गणेश जोशीले नगरप्रमुख धर्मराज शाहीलाई १० लाख ७८ हजारको चेक हस्तान्तरण गर्नुभएको शिखर इन्स्योरेन्सका कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाले सञ्चालन गरेको ओखर खेतीबाट स्थानीय किसानलाई राहत पुगोस् भनेर कम्पनीले नगरपालिकामार्फत् ओखर खेती गर्ने किसानलाई आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो । नगरपालिकाका नौवटै वडामा यस वर्षदेखि एक घर, एक ओखर कार्यक्रम लागू गरिएको छ । रास्कोटमा ओखर खेती बढी सम्भावना भएको ठाउँसमेत भएकाले शिखर इन्स्योरेन्सको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताउनुभयो ।

नगर प्रमुख शाहीले भन्नुभयो, ‘स्याउ जोन कार्यक्रमले खासै प्रतिफल दिन सकेन, ओखर खेतीमा रास्कोटका किसानको भविष्य देखिएको छ । शिखरले उक्त कार्यक्रममा ६० प्रतिशत आर्थिक लगानी गरेको छ । नगरपालिकाले यस वर्षबाट १८ लाख बजेट विनियोजनसमेत गरेको छ ।’ बिमा कम्पनीबाट प्राप्त रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिने नगरपालिकाले जनाएको छ । आवश्यकताअनुसार कार्यक्रमको थप बजेटको व्यवस्थापन हुने भन्दै नगरप्रमुख शाहीले नगरपालिकामा करिब तीन हजार घरधुरी एक घर, एक ओखर कार्यक्रमबाट लाभान्वित हुने बताउनुभयो ।

ADVERTISEMENT

रास्कोट नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अगुवा किसान र स्थानीयवासीलाई एकदिने बिमा सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि कम्पनीले जनाएको छ । नेपालको विकट जिल्ला जुम्ला, कालिकोट, डोल्पा, मुगुका जनतालाई बर्सेनि मौसमका कारण स्याउ खेतीमा हुने गरेकोले जोखिम न्यूनीकरणका लागि मौसम सूचकांक बिमालेखमार्फत् किसानलाई भएको क्षतिको क्षतिपूर्ति प्रदान शिखर इन्स्योरेन्सले गर्दै आएको कर्णाली प्रदेश प्रमुख गणेश जोशीले जानकारी दिनुभयो । देशभरका जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता विकट जिल्लासहित कुल ११० शाखामार्फत् सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?