इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सोमबार ललितपुरको मंगलबजारमा इजराइल र हमास बीचको युद्धमा मृत्युबरण गरेका नेपाली विद्यार्थीप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।

गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको त्रुद्ध आक्रमणको चपेटामा परेका छन् । १० जनाको मृत्यु भएको छ भने केही घाइतेको उपचार भइरहेको छ । बाँकी सकुशल छन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज