हिमालयन इन्टरनेसनल एक्स्पो हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८० हुने भएको छ । आइएनसीले भृकुटीमण्डपमा असोज २६ गतेदेखि २९ गतेसम्म एक्स्पो आयोजना गर्ने भएको हो । एक्स्पोमार्फत् स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादन प्रवद्र्धन गरी विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडा, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पो संयोजक कपिल अधिकारीले बताउनुभयो ।

ADVERTISEMENT

त्यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगार सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधन, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोपलगायत रहने बताइएको छ । एक्स्पोमा पाँच सयभन्दा बढी विदेशी क्रेताहरू (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट) आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज