काठमाडौं । दशैँको अवसर पारेर आगामी बिहीबारदेखि भृकुटीमण्डपमा छैटौँ संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।
बजारको तुलनामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिनुभयो ।
आयोजकका अनुसार नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानको बृहत् मेलामा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशतभन्दा बढी दशैँ विशेष छुट पाउनेछन् । नेपाली उत्पादनमा विभिन्न किसिमका अफर पनि सञ्चालन हुने बताइएको छ । मेलामा कपडा, जुत्ता, हृयाण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायत रहने पनि आयोजकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता