युवाशक्ति खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक होईन : पूर्वप्रधानमन्त्री खनाल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता

फाइल तस्वीर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । नेकपाएकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताउनु भयो ।

उहाँले रोजगारी नहुँदा युवा शक्तिहरु विदेश पलायन भइरहेको बताउनु भएको छ । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताउनु भयो ।

खनालले यहीँ अस्वथा रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । ‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी बृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, खनालले भन्नुभयो । मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने बताउनु भयो।

नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुविकरणको आबश्यकता रहेको समेत बताउनु भयो । बर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उहाले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुविकरण आबश्यकता रहेकोमा जोड दिनुभयो । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरु एक हुनुपर्ने हुन्छ’, खनालले भन्नुभयो, ‘यसकालागि नयाँ ध्रुविकरण जरुरी छ ।’

ADVERTISEMENT

२०७४ मा बनेको दुई तिहाईको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि संकटमा परेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्थाले आमनागरिकलाई भन्दा बढी विचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालकोे आरोप छ । व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने बिषयमा व्यापक बहस चलाउनु पर्ने नेता खनालले बताउनु भयो ।

नेता खनालले अहिलेका तीन तहका सरकारले जनताको काम गर्न नसकेको बताउदै ‘यो व्यवस्थामा कुनै सरकारले कामगर्न सक्दैन’, ‘यसैले व्यापक सुदृढिकरण जरुरी छ । यसैले हामीले नयाँ योजना साथ अभियान चलाएका छौं ।’ मुलकुमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निरासालाई कमगर्न मद्दत गरेको बताउनु भयो ।

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाईलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताउनुभयो । असोज १४ बाट शुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताउनु भयो ।

यात्राका क्रममा आफूहरुले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकिकरण, व्यवसायिकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दवाव दिने बताउनु भयो । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि संगसंगै लैजानु पनि बताउनु भएको छ।  समाजवादी जागरणको मेची-महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?