कठमाडौं । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याइएको छ । योजना कात्तिक मसान्तसम्म लागू हुनेछ । योजनाअन्तर्गत पहिलोपटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्स टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय, विद्युत् बिल भुक्तानीमा दुई प्रतिशत वा अधिकतम २५ र इन्टरनेट बिल भुक्तानीमा दुई प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याक रहेको बैंकले जनाएको छ । योजना अवधिभर सहभागी हुने पहिलो ग्राहकलाई प्राथमिकताका आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
सानिमाको मोबाइल बैंकिङमा क्यासब्याक
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता