एनआरएनए उपाध्यक्षमा पौडेलको उम्मेदवारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) को उपाध्यक्षका लागि डा. केशव पौडेलले उम्मेदवारी घोषणा गर्दै सबै प्रतिनिधिलाई ११औँ अधिवेशनमा सहभागिताका लागि अपिल गर्नुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै प्रतिनिधिलाई अक्टोबर १७ देखि काठमाडौंमा हुने ११औँ महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलनमा भौतिक सहभागिताका लागि अपिल गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मेलनमा तपाईंहरूको भौतिक सहभागिताको अपेक्षा राखेको छु, यदि कारणवस वा आफ्नो समय व्यवस्थापनका कारण भौतिकरूपमा सहभागी हुन नसक्नुभएको खण्डमा पनि तपाईंहरूले अनलाइन माध्यममार्फत् आफ्नो अमूल्य मत दिई सवल र सक्षम नेतृत्वसहित एनआरएनएको अन्तर्राष्ट्रिय समिति निर्माणमा योगदान र सहभागिता जनाउनुहुने नै छ भन्ने मेरो विश्वास रहेको छ ।’

ADVERTISEMENT

डा. पौडेलले नयाँ कार्यसमिति बनेपछि र पछिका सम्मेलनहरूमा सबै एनआरएनए सदस्यले मतदान गर्न सक्ने व्यवस्थाका लागि आफ्नो प्रतिबद्धता जनाउँदै सबै मिलेर लाग्ने बताउनुभएको छ । हाल एनआरएनएको महासचिवका रूपमा गैरआवासीय नागरिकताका लागि सक्रिय भूमिका खेल्नुभएका पौडेलले उपाध्यक्षको भूमिकामा अघि बढ्ने चाहना व्यक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *