बझाङमा वर्षा, भूकम्प पीडितको बिचल्ली

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ ।

भूकम्पका कारण बझाङका धेरै घरहरु चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरुले खेतबारी र चौरमा पाल टाँगेर रात बिताइरहेका छन् । केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन् । बझाङमा शनिबार साँझ ६ बजेदेखि निरन्तर पानी परिरहेको छ ।

वर्षाका कारण भूकम्प पीडित थप प्रभावित भएका छन् । सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिका लगाएत अन्य स्थानियतहका केहि भुकम्प प्रभावित क्षेत्रमा वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ । जयपृथ्वी नगरपालिका–१ कैलासका रामराज बहादुर सिंहले भूकम्पले घर चर्काएपछी खुल्ला आश मुनी बस्ने गरेको भए पनि पानी परेर आज विचल्लीमा पारेको बताउँनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयाे, ‘साना केटाकेटी छन् । भित्र जाउँ भुकम्पको डर बाहिर जाउँ पानी परेर बस्ने अवस्था नै छैन ।’ यता थलारा गाउँपालिका–९ की पारु थापाले भनिन्,‘त्रिपाल भित्र पानी पसेर बस्ने नहुँने बनाएको छ । बच्चालाई चिसो लाग्ने डर छुट्टै छ । भुकम्प र पानीले विचल्लीमा पार्यो ।’ यस्तै जिल्ला प्रशासन कार्यालय बझाङले आज देखि भुकम्प पीडितहरुलाई संकलन भएको राहत सामाग्री एकद्वार प्रणालीबाट वितरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय बझाङका कम्प्युटर अप्रेटर नन्द धामीले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?