सिन्धुपाल्चोकमा झाडावान्ताबाट बालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको ज्यान गएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो आउने र पखाला लाग्नेजस्ता लक्षण देखिएकोमा पाँच वर्षीय एक बालकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका लागि काठमाडौं ल्याइएका १४ जनामध्ये २ जनाको आइसियुमा उपचार भइरहेको  जनाएको छ। बाँकी ८ जनाको हाइकेयरमा उपचार भइरहेको छ भने ३ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयो

ADVERTISEMENT

किन एकै गाउँका धेरैमा यस्तो खालको समस्या देखियो भनेर बिरामीहरूको रगत र पिसाबको नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ।

चावहिलस्थित एक निजी अस्पतालमा उपचाररत बिरामीहरूलाई स्वास्थ्य मन्त्री मोहन बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?