शैक्षिक क्षेत्रमा सुधार ल्याउन सदरमुकाम मान्ममा बृहत् शैक्षिक गोष्ठी

मान बहादुर बिश्वकर्मा कालिकोट

कालीकाेटकाे सदरमुकाम मान्ममा आयोजित बृहत शैक्षिक गोष्ठीमा सहभागीहरु । तस्बिरः मानबहादुर बिश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन सदरमुकाम मान्ममा बृहत् शैक्षिक गोष्ठी गरिएको छ ।

जिल्ला शिक्षा समितिको आयोजना र जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा जिल्लाका ९ वटै पालिका र शिक्षा सरोकारवालाहरुको सहभागितामा सदरमुकाम मान्ममा शुक्रवार बृहत् शैक्षिक गोष्ठीको आयोजना गरिएको हो ।

जिल्ला शिक्षा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका  प्रमुख धनजित शाहीको सभाअध्यक्षता, संविधान सभा सदस्य तुलराज बिष्टको प्रमुख आतिथ्यतामा शैक्षिक गोष्ठीको आयोजना गरिएको थियो ।

गोष्ठीमा शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कलामार्फत् रचनात्मक शिक्षा र मूल्याङ्कनका विषयमा छलफल भएको छ ।
विद्यालय शिक्षा क्षेत्रको प्राथमिकतासँग जोडिएर भएको छलफलमा नेपालको शिक्षा नीति र २१ औँ शताब्दीको विद्यालय शिक्षाका आवश्यक प्रणालीका बारेमा बहस भएको छ । कार्यक्रममा नेपालमा शिक्षक शिक्षा र विकासको अवस्थाबारे ९ वटै पालिकाका शिक्षा संयोजकहरुले आ-आफ्नो पालिकाको शिक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

ADVERTISEMENT

कार्यक्रममा राजनीतिक दलका प्रमुख, नौ वटै पालिका प्रमुख विद्यालय प्रअलगायतका शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा अधिकांश सहभागिहरुले संयुक्त राजनीतिक दलहरुले विद्यालय शान्ति क्षेत्र घोषणासँगै शैक्षिक सुधारकालागि गरिएका प्रतिवद्धताहरुको सही ढंगले कार्यान्वयन हुँन नसकेको बताएका थिए ।

बिषेश गरी सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउन सबैले सामुदायिक विद्यालयमा आ-आफ्ना बालबालिका भर्ना गराउनु पर्ने बताएका थिए ।अनि मात्र शिक्षामा सरकार देखि अभिभावक सवैको चासो र चिन्ताहुन सक्ने भनाई छ ।

कतिपय पालिकाले त शिक्षामा आएको वजेट समेत कटौती गरेर सडक र अन्य क्षेत्रमा लगानी गरेको आरोप लगाएका थिए । शिक्षामा सहि नीति र वजेटसहितको व्यवस्था गर्न सके सामुदायिक विद्यालयको अवस्था सवैभन्दा बलियो र आकर्षक हुने सहभागिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?