✍️ जयप्रकाश आनन्द
राष्ट्रपति क्षतिपूर्ति नहुने गरी घानमा पर्नुभएको छ । केही समययता लगातार यो क्रम जारी छ । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन स्वभावतः राष्ट्रपतिलाई मानमर्दन गरिनुपर्दछ । यो हुँदैछ । राजनीतिक अधिकारको मागका साथ ‘पम्फादेवी हाय हाय’ पनि सँगसँगै जारी थियो ।
राष्ट्रपतिले गरेको कामका सन्दर्भमा उहाँले भनेको विधि प्रक्रियापट्टि ध्यान नजानु पनि सडकको स्वभाव नै हो । ठीकै छ । ‘निरंकुश राजतन्त्रको अन्त्य’को समझदारीका साथ सुरू भएको आन्दोलनले बिहानको खाजामा राजालाई निल्यो । दिउँसोको खानामा सुधारिने, सम्भावना भएको राजतन्त्रलाई खायो । रात्रिको खान्कीमा हिन्दू धर्मलाई भोजन ग¥यो । इतिहासको क्षय भएको पुनरावृत्तिले बाटो समात्दैछ ।
यदि यसो भयो नै भने राजनीतिक चरित्र नासिएको तथा विद्यमान सत्ता प्रणालीको तावेदारीमा छियाछिया भइसकेको एमालेको प्ररायु संघ तथा अनेरास्ववियु, कांग्रेसको नेविसंघ तथा तरूण दल अनि माओवादीका योङ कम्युनिष्ट लिग (वाइसिएल) तथा अनेरास्ववियुहरूलाई अब हाँगा बोक्ने मण्डले मिश्रित जुलुसले यो प्रणाली तथा यी पार्टीहरूलाई जोगाउन सक्दैन । मुलुकको यस्तै अवस्था रहे केही दिनमा अब सायद त्यस भिडले चांैरी गोठका च्यांग्रालाई जंगली कुकुरले लखेटेझैँ लखेट्नेछन् ।
रिहा भएका मानिस नेपाली कांग्रेसका हुन् । जगजाहेर छ । माओवादीका तिनी स्टेक होल्डर होइनन् । यदि तालुकवाल मन्त्रीले घुस र रिश्वत लिएर रिहाइको सिफारिस गरेका होइनन् भने ती अपराधी भनिएका मानिस त कांग्रेसका हुन् नि ! तिनका लागि प्रचण्डले किन शव शøयामा सुत्नुपर्ने नि ! सजिलै बुझ्नुपर्ने कुरो के हो भने तिनको रिहाइमा कसैको स्वार्थ हुनुपर्छ भने कांग्रेसकै हुनुपर्छ । यो पनि बुझिएकै कुरो हो ।
यो उतिकै उदेकलाग्दो कुरो भयो कि फेरि उही कांग्रेसका पदाधिकारीहरू तथा नेताहरूले यस प्रकरणमा गृहमन्त्री, प्रम आदिको राजीनामा माग्दैछन् । राष्ट्रपतिलाई बेसहारा तथा टुहुरो बनाएका छन् ।
के यही सत्य होइन ? के भन्नुहुन्छ कांग्रेस सभापति ? कैद माफीको विषय अब सरकारले होइन अदालतको जिम्मामा गयो । अदालतले चाहेमा आफ्नो आदेशबाट थिति बसाल्ने मौका दिन सक्छ । तर, मूल कुरो हो, यी राजनीतिक दलहरू आपराधिक मानसिकताबाट बाहिर आउने कि नआउने ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता