काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रबार काठमाडौंस्थित माल्पी इन्टरनेसनल कलेजसँग शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यले चार वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत र ग्राहकले भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कामना बैंक र माल्पी कलेजबीच सम्झौता
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता