काठमाडौंं । नेपाल उद्योग परिसंघ(सिएनआई) र संयुक्त टे«ड युनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा समन्वय केन्द्रमा आबद्ध सबै टे«ड युनियनका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सम्झौताको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसर सिर्जना, जीवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान पु¥याउने रहेको सिएनआईले जनाएको छ ।
सिएनआई अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरूको विषय, सवाल, मुद्दामा आधिकारिकरूपमा सहकार्य भएको सम्भवतः यो पहिलो अभ्यास भएको बताउनुभयो । सहकार्यले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौती सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
केन्द्रका अध्यक्ष श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध ‘बाघ र बाख्रा’ जस्तो द्वन्द्वात्मक परिस्थितिको स्मरण गर्दै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध ‘पानी र माछा’ भएको बताउनुभयो । सिएनआई उपाध्यक्ष भीम घिमिरेले सम्झौता देशको आर्थिक समुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल टे«ड युनियन कांगे्रसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, महासचिव अजयकुमार राई, नेपाल टे«ड युनियन महासंघका महासचिव लक्ष्मण शर्मा, महिला नेतृ सिता लामा, अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष धनबहादुर विकलगायतको उपस्थिति रहेको सिएनआईले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts