बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने, मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

त्यस्तै भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिने पनि उहाँले घोषणा गर्नुभयो ।

मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुग्नुभएको प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गर्नुभएको हो ।

बझाङको सदरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकनपश्चात प्रधानमन्त्रीले सो घोषणा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षतिबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने अवस्थाको तथ्यांक संकलन गरिने समेत बताउनु भयो ।

ADVERTISEMENT

टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो।

भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने छ ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?