लिङ्देनले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेपछि माओवादी सांसदको आपत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले राजावादी र राजा ज्ञानेन्द्रको कुन गतिविधिका कारण लोकतन्त्र खतरामा पर्यो भन्दै प्रश्न गरेपछि माओवादी सांसदले आपत्ति जनाएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता लिङ्देनले यस्तो प्रश्न गर्नुभएको थियो । लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादी सांसद लेखनाथ दाहालले आपत्ति जनाउँदै लिङ्देनले बोलेको रेकर्ड संसदबाट हटाउन माग गर्नुभयो ।

ADVERTISEMENT

राजावादीहरु धार्मिक सदभाव बिथोल्न लागेका छन्, त्यसलाई निगरानी गर्नुपर्यो, राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, त्यसमा ध्यान दिनुपर्यो भनेर अनुरोध गर्नुभएको थियो ।

पूर्वराजालाई राजा भनेपछि माओवादी सांसद दाहालले आपत्ति जनाउँदै भन्नुयभो, ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?