नेपालगन्जमा फेरि कर्फ्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बाँके । नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

सो कर्फ्यु बिहान ६ बजे देखी सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सुचनामा भनिएको छ ।

ADVERTISEMENT

उहाँका अनुसार नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ ।

केही समय देखी नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका बिचमा असमझदारी बढे पछि स्थीति नियन्त्रण लिनका लागि सेना परिचालन देखी कर्फ्युसमेत लगाईएको थियो । अबस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो तर पुनः बिबाद बढे पछि नेपालगञ्जमा अहिले कर्फ्यु लगाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?