कजरिया रमेश टायल्समा लगानी सम्झौता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एभरेष्ट बैंकको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानीका लागि सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकबीच वित्तीय सहजीकरण कार्य सम्पन्न भएको छ । अगुवा बैंकका तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपतर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा सह-वित्तीयकरणका अन्य सदस्य बैंक नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार अर्बमध्ये सह-वित्तीयकरणअन्तर्गत तीन अर्ब लगानी रहनेछ ।

ADVERTISEMENT

विश्वको सातौँ ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स, भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्सले नेपालमा आधुनिक उपकरण प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादन अन्तर्राष्ट्रिय मापदण्डबमोजिम हुुने जनाएको छ । मार्च २०२४ देखि सुरु हुने परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज