काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच देशभर पुँजी बजारसम्बन्धी सचेतना फैलाउने सम्झौता भएको छ । बिहीबार महासंघ र बोर्डबीच शिक्षा तथा सचेतनासम्बन्धी सम्झौतापत्रमा बोर्ड अध्यक्ष रमेशकुमार हमाल र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार बोर्डले महासंघको सहकार्यमा देशभर सेयर बजारसँग सम्बन्धित सचेतना फैलाउने र शिक्षा प्रदान गर्नेछ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts