रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ (आदेशसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।

'प्रस्तुत विवादित विषयको छिटो छरितो निरूपण गर्न वाञ्छनीय देखिएकाले पूर्ण सुनुवाईको लागि पेशी तोकी अग्राधिकार दिइ उक्त दिन प्रस्तुत विवादको सुनुवाई हुने व्यवस्था गर्न र त्यो दिन आकस्मिक विदा परेमा वा कुनै कारणले इजलास नलाग्ने भइ सुनुवाइ हुन नसकेमा सोको भोलिपल्ट सुनुवाई हुने व्यवस्था गर्नु, साथै पेशीको जानकारी महान्यायाधिवक्ता कार्यालयलाई दिनु,' आदेशमा भनिएको छ।

त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ ।

ADVERTISEMENT

३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकालको कैद मिनाहा गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?