चीनमा रक्सी खाने प्रतिस्पर्धामा अत्यधिक रक्सी पिए पछि एकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बेइजिङ । चीनमा एक व्यक्तिले २० हजार युआन अर्थात लगभग तीन लाख ५० हजार पुरस्कार जित्नका लागि एक लिटर रक्सी पिए पछि उनको मृत्यु भएको छ ।

उनको कार्यालयमा मदिरापान प्रतियोगिता चलिरहेको बेला यो घटना भएको हो । ती व्यक्तिले १० मिनेटमै यति धेरै रक्सी पिए कि उनको अवस्था नाजुक बन्यो र उनको उपचारको क्रममा मृत्यु भयो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार झाङ नामका एक व्यक्ति आफ्नो कार्यालयको टोलीसँग डिनरमा गएका थिए, जहाँ उनका मालिकले मदिरापान प्रतियोगिता आयोजना गरेका थिए। उनका मालिकले झाङलाई हराउने जो कोहीलाई २०,००० युआन इनाम दिने घोषणाा गरे । झाङका सहकर्मीले भने कि जब झाङ हाकिमको टेबुलमा टोस्ट खाए पछि फर्किए, उनले झाङभन्दा बढी रक्सी पिउने जो कोहीलाई ५,००० युआन पुरस्कार दिने घोषणाा गरे, कसैले जवाफ नदिएपछि उनले रकम बढाएर १० हजार युआन पुर्‍याए ।

ADVERTISEMENT

झाङले बाजीको बारेमा सोधे, त्यसपछि उनका मालिक याङले उनलाई २०,००० युआन पुरस्कार दिइने बताए । यदि उसले हरायो भने दिउँसोको चिया देखी अहिलेसम्म भएको सम्पूर्ण कम्पनीको खर्च  २० हजार युआन तिर्नु पर्नेछ। याङले पछि जाङ विरुद्ध प्रतिस्पर्धा गर्नका लागि आफ्नो चालकसहित धेरै कर्मचारीहरू चयन गरेका थिए । तर, कोही तयार भएनन ।

रात्रि भोजमा उपस्थित एक कर्मचारीका अनुसार झाङले १० मिनेटभित्रै एक लिटर बैजू नामक हार्ड ड्रिक्स पिए । विशेष गरी बैजू एक चिनियाँ पेय हो, जसमा ३० देखि ६० प्रतिशतको बीचमा रक्सीको मात्रा हुन्छ।

रक्सी पिए पछि उनीस बेहोस भए अनि झाङलाई तुरुन्तै अस्पताल लगियो । तर, अस्पतालमै उनको मृत्यु भयो । उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन् । उनको ३ अगस्टमा निधन भएको थियो । उनको मृत्यु पछि कम्पनीको वि च्याट समूहमा कम्पनी बन्द हुने भनिएको छ । शेन्जेन प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज