संचारसँग जोडियो निसेलढोर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । ‘फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नु पथ्र्यो, अहिले त गोठ भित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिए झै लागेको छ ।’ निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादु घर्ती मगरले मोबाइल फोन चलाउन थालेको सात वर्ष भयो । सात वर्षसम्म उहाँले निसेलढोरमा बस्दा कहिल्यै पनि फोन गर्न पाउनु भएन ।

आफन्तलाई फोन गर्न परे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुहुन्थ्यो । आइतबार दिउँसो एक्कासी गोठमै मोबाइलमा म्यासेज आयो । मोबाइलमा म्यासेज आएको केही बेरमा बेँसीबाट आफन्तले फोन गरे । गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुर अत्तालिदै बाहिर निस्केर आकाशतिर हेर्नुभयो । एकै छिनमा नेटवर्कले काम गरेन ।

उहाँले एकै छिनपछि सम्झिनुभयो, गाउँमाथिको डाँडामा नेपाल टेलिकमको टावर बन्दै छ भन्ने । केही बेरपछि फेरि टावरले काम गरेपछि आफन्तसँग कुरा गरेको उहाँले सुनाउनुभयो । सूचना प्रबिधिले फड्को मारि सक्दा पनि निसेलढोरमा अहिलेसम्म फोन गर्नका लागि टावरसमेत बनेको थिएन । विद्युतसमेत नपुगेको यस ठाउँमा टेलिकमको टावरले काम गर्न थालेपछि स्थानीयमा खुसी छाएको छ । अब फोन गर्नका लागि तीन घण्टा धाएर ढोरपाटन पुग्न नपर्ने घर्ती मगरले बताउनुभयो । विद्युत र टावर विस्तार नहुँदा यहाँका सयौँ नागरिक वर्षौँदेखि सूचना सञ्चारको पहुँचभन्दा टाढा रहनु परेको उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो – ‘मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ, बेसी झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने नर्त अफ गरेर राख्नु पर्ला, अब त गोठ भित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जिते जस्तो भयो, पहिलो दिन टावरले काम गर्दा, मोबाइल अननै रैछ, घण्टी बज्दै म्यासेज आउँदा दंग परे, माथि डाँडामा टावर बन्दै छ भन्ने त सुनेको थिए, तर मैले बिर्सिएको रैछु, पछि मोबाइल हेर्दा त टावरको चिन्न देखाएको छ, अब यस ठाउँका मान्छेले पनि यहीबाट फोन गर्न पाउने भए, भाग्यमानी रैछौँ ।’

नेपाल टेलिकमले निसीखोला गाउँपालिका–५ को ऐसेलुधारामा टावर निर्माण गरेर सेवा सुरु गरेको छ । तीन हजार ७३० मिटरको उचाइमा निर्माण भएको टावर सोलारबाट संचालन गरिएको हो । निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले भौगोलिक विकटताका कारण सूचना प्रविधिको विकास भइसक्दा पनि निसेलढोरका जनता निकै टाढा हुनु परेको भन्दै संचारसँग जोड्न टारव निर्माण गरेको बताउनुभयो । टावर संचालनमा आएपछि यहाँका नागरिकमा खुसी छाएको उपाध्यक्ष घर्तीको भनाइ छ ।

निसेलढोरमा एउटा विद्यालय, सामुदायिक स्वास्थ्य इकाइ र नेपाली सेनाको क्याम्प छ । नेटवर्क नहुँदा सूचना आदानप्रदानमा निकै कठिनाइ भएको भन्दै अब धेरै सहज हुने उपाध्यक्ष घर्ती मगरले बताउनुभयो । ऐसेलुधारामा टावर निर्माण गरेर संचालनमा आउनु पूर्व निसेलढोरका स्थानीय करिब दुई घण्टाको यात्रा गरेर अग्लो डाँडामा पुगेर फोन गर्ने गरेको उहाँको भनाइ छ । सडक संजालले जोडिए पनि अहिलेसम्म विद्युत पुर्याउन नसकेको उहाँ बताउनुहुन्छ । विद्युत विस्ताकार लागि पनि छलफल भइरहेको उपाध्यक्ष घर्ती मगरले बताउनुभयो ।

ADVERTISEMENT

‘टावर संचालनमा आएपछि यहाँका धेरै नागरिकमा खुसी छाएको छ, यहाँको समस्या हामीहरुले राम्रोसँग बुझेका छौँ, पर्यटकीय हिसाबले निकै संभावना बोके पनि विकास नहुँदा अहिलेसम्म निसेल ढोर पछाडि परेको छ,’ उपाध्यक्ष घर्ती मगरले भन्नुभयो – ‘संचार बिना मान्छे जेलमा बसे जस्तो हुन्छ, अहिलेको जमाना पनि निसेलढोरमा संचारको पहुँ नपुग्नु दुःख विषय थियो, अब समाधान भएको छ, टावरलाई थप व्यवस्थित बनाउनका लागि र संरक्षणका लागि हामी निरन्तर लाग्छौँ ।’

यहाँ निमार्ण गरिएको टावरले निसीखोलाको निसेलढोरसँगै तथा ढोरपाटन नगरपालिकाको काँग, मस, बिजा, पूर्वी रुकुमको भूमे गाउँपालिका, पुथा उत्तरगंगा लगायतका विभिन्न ठाउँमा राम्रोसँग गर्न थालेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो । हाल टुजी सेवा संचालन गरेको भन्दै यसले धेरै ठाउँमा ‘कभरेज’ गरेको शर्माको भनाइ छ । अब यस टावरबाट फोर जी सेवासमेत संचालन गर्ने उहाँले बताउनुभयो ।

प्रमुख शर्माले भन्नुभयो – ‘टावर निर्माण गरेको ठाउँ निकै उच्च स्थानमा छ, अहिले सोलार सिस्टमबाट संचालन गरेका छौँ । अहिले सुरुवात गरेका छौँ । अब यसलाई थप व्यवस्थित गर्दै फोरजी सेवा संचालन गर्नका लागि तयारी गरि रहेका छौँ, टावरले काम गर्न थालेपछि यस क्षेत्रका धेरै नागरिक उत्साहित भएको पायौँ, पहिले सूचना आदानप्रदान गर्न निकै गाह्रो रहेछ, अब सहज हुन्छ, कहिलेकाहीँ मौसमका कारण अवरुद्ध हुनेबाहेक अन्य बेला निरन्तर सेवा संचालन हुने छ ।’

निसेलढोरमा गत वर्षसम्म स्वास्थ्य संस्था थिएन । यसै वर्षदेखि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा दिन थालेको छ । यहाँका अधिकांश नागरिक हिउँदको समय निसी (औल) र बर्खाको समय निसेलढोर बस्दै आएका थिए । सडकले नजोडिँदासम्म घुम्ती बसाइँ गर्नेस्थानीय सडक पुगेपछि स्थायी रुपमा बस्न थालेका छन् । उनीहरुको निसीमा पनि घर छन् ।

पशुपालन र कृषि मुख्य पेसा बनाएका यहाँका किसानले स्याउ, आलु, सिमी लगायतका कृषिजन्य उत्पादन गर्ने गर्छन् । केही वर्ष यता सडकले निसेलढोर जोडिएपछि बजारीकरणमा केही सहज बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?