बुकिङ भएका सिट्रोन दशैँअघि नै ग्राहकलाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि-बुकिङ गरेका ग्राहकलाई दशैँअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । नाडा अटो शोमा धेरै ग्राहकले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन इसी थ्री र पेट्रोल गाडी सिट्रोन सी थ्री बुकिङ गरेका थिए । कम्पनीका अनुसार सिट्रोन इसी थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध इभी हो ।

ADVERTISEMENT

सांग्रिला मोटर्स म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भन्नुभयो, ‘नाडा अटो शोमा हाम्रा ग्राहकले देखाउनुभएको माया र साथप्रति हामी आभारी छौँ । जति पनि गाडी नाडा अटो शोमा बुक भएका थिए, सबै दशैँअघि नै उहाँहरूको हातमा पुर्‍याइसक्ने उद्देश्यले हामीले डेलिभर पनि सुरु गरिसकेका छौँ । आशा छ, हाम्रा ग्राहकले यो वर्षको दशैँ-तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?