नानोक्रिस्टल कार्यका लागि तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

Read Time = 3 mins

स्टकहोम । फ्रान्सेली मूलका मुंगी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा उनीहरूको कामका लागि सम्मानित गरिएको पुरस्कार प्रदान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ । क्वान्टम डट्सको खोज र संश्लेषणका लागि तीनैजना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको बताइएको हो ।

बुधबार स्विडेनको राजधानी स्टकहोममा रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले पुरस्कार घोषणा गरेको हो । क्वान्टम डटहरू टेलिभिजनदेखि एलइडी स्क्रिनमा पनि देखिन्छन् । क्वान्टम डटले रासायनिक प्रतिक्रियालाई उत्प्रेरित गर्ने हुँदा त्यतिबेला उत्पन्न हुने प्रकाशले चिकित्सकका लागि ट्युमर टिस्यु पत्ता लगाउन मद्धत गर्छ ।

ADVERTISEMENT

रंगीन प्रकाश बनाउने, इलेक्ट्रोनिक्स, मिनिस्क्युल सेन्सर, स्लिमर सोलार सेलदेखि एन्क्रिप्टेड क्वान्टम कम्युनिकेसनमा क्वान्टम डटको प्रयोग हुनसक्ने अनुमान गरिएको छ । यसअघि मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ । अब तीन नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् । स्टकहोममा बिहीबार र शुक्रबार क्रमशः साहित्य र शान्तितर्फको पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज