काठमाडौं । एनआइसी एसिया क्यापिटल र नेसनल सोलार पावर कम्पनीबीच क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सम्झौता भएको छ । एनआइसी एसिया क्यापिटलले आइडिया टु आइपिओअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएकोे छ ।
सोही सेवाअन्तर्गत ललितपुर महानगरपालिकाको जावलाखेलमा रजिष्ट्रार कार्यालय रहेको नेसनल सोलार पावर कम्पनीलाई क्यापिटलको आइडिया टु आइपिओ सेवाअन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवासहित नेसनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्कासन गर्ने प्राथमिक सेयर सार्वजनिक निष्कासन गर्न दुई पक्षीय सम्झौता भएको एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
नेसनल सोलार पावरले नवलपरासी जिल्लाको प्रतापुरमा पाँच मेगावाटको सोलार आयोजना सम्पन्न गरी गत वर्षदेखि सञ्चालनमा ल्याएको छ । सय रुपैयाँ अंकित दरका सात लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने कम्पनीको योजना रहेको छ । साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना सञ्चालनका लागि आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पु¥याएको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements