काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट(एनबिआई)ले देशमा विद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीबारेमा छलफल गर्न सुदूरपश्चिम प्रदेशको धनगढीमा एक कार्यशाला आयोजना आयोजना गरेको थियो ।
कार्यशालामा सुदूरपश्चिम प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका ६५ भन्दा बढी पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका साथै बैंकर परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यशालामा विशेषगरी कर्जा लगानीका लागि बैंकिङ तथा वित्तीय क्षेत्रले सामना गरेका चुनौती, कर्जा लगानीका अवसर र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिबारेमा छलफल भएको एनबिआईले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता