काठमाडौं । ‘सजिलो रेन्टल’ले नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । सजिलो रेन्टल मोबाइल एप वा वेबसाइटमार्फत् ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारीधनीले सजिलै गाडी भाडामा दिन सक्ने कम्पनीले जनाएको छ ।
सन् २०२१ को जनवरीदेखि सञ्चालनमा आएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बस सजिलो गरी उपलब्ध गराउँदै आएको छ । नजिकिँदै गरेको दशैँमा सजिलो रेन्टलबाट पनि सेवा लिन र दिन सकिने कम्पनीका संस्थापक दामोदर फुँयाल (प्रज्वल) ले बताउनुभएको छ ।
सजिलो रेन्टलले नेपालमा बस्नेमात्रै नभई विदेशबाट फर्किने तयारीमा रहेकालाई पनि सेवा दिने गरेको छ । यात्राका क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । न्यूनतम चार घण्टादेखि एक महिना वा बढी समयका लागि आवश्यक परेको कार, स्कार्पियो, हायस वा बस भाडामा लिन सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच