काठमाडौं । कुमारी बैंकले महान् चाड दशैँ तथा तिहारलाई लक्षित गर्दै बचत खातामा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैँ र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो । योजनाअन्तर्गत २६ लाखको बिमा सुविधाअन्तर्गत परिवारका चारजना सदस्यलाई एक लाखको मेडिकल बिमा सुविधा, २४ लाखसम्मको दुर्घटना बिमा तथा एक लाखसम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ ।
खाता खोलिएको पहिलो वर्षका लागि लकर सुविधामा लकर शुल्कमा शतप्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अन्य बचत खातामा २० हजारको मेडिकल बिमा सुविधा रहेको छ । बैंकले सानिमा जिआइसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा