काठमाडौं । ओखलढुंगा कला साहित्य समाजको छैटौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समजका अध्यक्ष खिलराज राईको सभापतित्वमा आयोजित कार्यक्रमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अथिति प्रज्ञाप्रतिष्ठानकै सदस्यसचिव डा.धनप्रसाद सुवेदी तथा कोशी प्रदेशका माननीय तथा पूर्वमन्त्री प्रदीपकुमार सुनुवार रहनुभएको थियो ।
समाजका महासचिव रामनाथ घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गोपाल सेञ्चुरीले स्वागत मन्तव्य राख्नुभएको थियो । समाजका सल्लाहकारहरू वरिष्ठ गायक नवीन ढुंगेल, महाप्रसाद खनाल, साहित्यकार विनोद दाहाल वत्स, प्रज्ञासभा सदस्य चेतनाथ धमला, माधव दाहाल तथा समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार गम्बु शोर्पाको उपस्थिति रहेको थियो ।
समाजका महासचिव रामनाथ घिमिरेले समाजको प्रगति विवरण तथा कोषाध्यक्ष जीवन बोमजन तामाङले आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । समाजका सदस्य तथा गायक बलबहादुर परियार क्यान्सर रोगबाट पीडित भई भारतमा उपचाररत रहनु भएको हुँदा कार्यक्रम उहाँको उपचारार्थ रकम संकलनमा केन्द्रित गरिएको थियो । होटल यांग्रिला हिल बौद्धमा आयोजित कार्यक्रममा सल्लाहकारद्वय माधवप्रसाद दाहाल तथा गम्बु शेर्पालगायत सदस्यहरूलाई सम्मान गरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts