काठमाडौं । विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ भन्ने नाराका साथ सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै उपहार योजना घोषणा गरेको छ । कम्पनीले चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थितिमा आइतबार उपहार योजना घोषणा गरेको हो ।
योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना एकजनालाई जनही एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार तथा ६१ दिन लगातार हरेक दिन सयजनालाई जनही पाँच सयको वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने कम्पनीले जनाएको छ । मंसिर १५ गतेसम्म लागू हुने यस योजना अवधिभर सिटी एक्सप्रेसमार्फत् विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts