काठमाडौं । नेपाली काँग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री प्रचण्ड भएपनि सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बताउनुभएको छ ।
आईतवार काँग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकारको नेतृत्व नेपाली काँग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले पछिल्लो सरकारको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको भन्दै अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिंसा रहेको बताउनु भयो । उहाँले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न सकनौं भने काँग्रेसलाई जनताले नपत्याउने उल्लेख गर्नुभयो । उहाँले गठबन्धनको कारणले पनि सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो हुने गरेको स्मरण गर्नुभयो । उहाँलेमुलुकको आर्थिक अवस्था जर्जर रहेको बताउनु भयो ।
उहाँले मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक गइरहेका छन तर सरकार हेरेर मात्रै बसेको बताउनु भयो। उहाँले नेपाली काँग्रेस सरकारमा छ तर जनतालाई निराशाबाट जगाउन र रोजगारी सिर्जना गर्ने काम के ग¥यो भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले पनि जनताले आशा गरेको पार्टी काँग्रेस नै भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय जनताले नेताको भाषणमा अविश्वास गर्ने क्रम बढी रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसकोे २०७९÷०८०को आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्र बनाउने मुख्य नारा रहेको बताउनु भयो । उहाँले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, आयात कमी गर्ने र सरकारले चलाएर पनि चलाउन नसकेर बन्द भएका बन्द उद्योगहरुलाई पुनः सञ्चालन गर्ने योजना पनि रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुकको आर्थिक अवस्था जर्जर छ । मुलुक आयातमा परनिर्भर छ । मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक जाँदैछन् । तर सरकारले के गरिरहेको छ । नेपाली काँग्रेस पनि सरकारमा छ के गरी रहेको छ । अहिले पनि जनताले यदि आशा गरेको छ भने काँग्रेससँगै गरेको छ । युवाहरुमा निराशा छ । जनतामा निराशा छ । निराशालाई जगाउने र रोजगारी सिर्जना गर्ने काम काँग्रेसले के ग¥यो । पछिल्लो सरकारको नेतृत्व पनि काँग्रेसले गरेको थियो । अहिलेको सरकार पनि प्राविधिक रुपले प्रचण्डजी प्रधानमन्त्री हुनुहोला तर नेतृत्व हाम्रो छ । काँग्रेसको सबैभन्दा ठूलो हिंसा सरकारमा छ । तर पनि काँग्रेस के गर्दैछौं । काँग्रेस तिर जनताले हेरिरहेको छ । यदी हामीले कामले देखाउन सकेनौं भने नेताको भाषणमा अविश्वास गर्ने क्रम आइरहेको छ । हामीले २०७९÷०८०को आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्र बनाउने विषयमा सल्लाह गरेर काम गरेका थियौं । उत्पादन वृद्धि गर्ने, आयात कमी गर्ने र सरकारले चलाएर पनि चलाउन नसकेर बन्द भएका बन्द उद्योगहरुलाई पुनः सञ्चालन गर्ने हाम्रो नारा हो ।’
उहाँले वर्तमान सरकारलाई काँग्रेसले निर्देशित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेको भएकाले अहिले असफल हुने छुट नभएकोे उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच