फेरि अस्पताल भित्रै कुटिए डाक्टर, विरोधमा अस्पताल बाहिर प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । फेरि अस्पताल भित्रै एक जना डाक्टर कुटिएका छन् ।

आइतबार दिउँसो साढे १२ बजेतिर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको हो ।

एक बिरामीका आफन्तले डा. खड्कामाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्ना दिएका छन् ।

ADVERTISEMENT

अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार ओपिडी अगाडि भीड भएपछि डा. मनिष खड्काले उनीहरुलाई लाइनमा बस्न भन्दा डाक्टरमाथि हातपात भएको थियो।

केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरिरहेका छन्।

चिकित्सकहरूले सडक बन्द गर्न लागेपछि अहिले केएमसीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज