धादिङमा खुर्पा प्रहार गरी वृद्धाको हत्या

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ हल्दारेमा खुर्पा प्रहारबाट एक वृद्धाको हत्या भएको छ ।

बाख्राले बाली खाएको निउमा सोही स्थानका ३६ वर्षीय मंगल गुरूङले ७२ वर्षीया सुकमाया गुरूङमाथि खुर्पा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा मंगल गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई अपशब्द बोल्ने र सँधै हेप्ने भएकोले सहनै नसकेर हत्या गरेको सोधपुछका क्रममा आरोपित मंगल गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सुकमाया आफ्नै घर नजिक सडकमा शरिरका विभिन्न भागमा क्षतविक्षेत गरि काटिएको अवस्थामा मृत फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि प्रहरी उपरिक्षक गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?