पाल्पाको गैरे मोबाइललाई ‘अनर भेस्पा’ को पुुरस्कार भेस्पा स्कुटर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाकै प्रतिष्ठित मोबाइल तथा ल्यापटपहरुको विक्रेता गैरे मोबाइल एण्ड ल्यापटप कियरलाई ‘अनर भेस्पा’ पुरस्कारबाट पुुरस्कृत गरिएको छ । अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल र लुम्बिनी प्रदेशको आधिकारिक विक्रेता मिस्टिक इनर्जीको ‘अनर भेस्पा’ योजनामा गैरे मोबाईलले शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएकाले भेस्पा स्कुटरबाट पुरस्कृत गरिएको हो ।

उसले कम्पनीले दिएको सेल्स टार्गेट पुरा गररेकै कारण कम्पनीबाट पुरस्कृत हुन सफल भएको छ । उसलाई कम्पनीले टार्गेट मिट गरेको भन्दै पुरस्कार स्वरुप भेस्पा स्कुटर प्रदान गरेको हो । सेल्ट्रोन नेपालका एसएम सरोज बस्नेत र मिस्टिक इनर्जीका ओनर शंकल्प श्रेष्ठले संयुक्त रुपमा गैरे मोबाइलका सञ्चालक दुर्गा गैरेलाई स्कुटरको चाबी हस्तान्तरण गरेका छन् । उनीहरुले मोबाईल पसलमै आएर स्कुटरसहित चाबी हस्तान्तरण गरेका हुन् ।

कम्पनीले दिएको टार्गेट दुई महिनामै पुरा गरेकाले पुरस्कार स्वरुप स्कुटर प्रदान गरिएको सेल्ट्रोन नेपालका एसएम सरोज बस्नेत बताउनुभयो । उहाँले भन्नुभयो ‘गैरे मोबाइलले इमान्दारितापूर्वक कम्पनीको योजनालाई सफल बनाउन खेलेको भूमिका प्रशंसनिय रहेको छ, यस्ता विक्रेताहरुका कारण सेल्ट्रोन नेपालले राष्ट्रियस्तरमै छुट्टै पहिचान बनाउन सफल भएको छ ।

ADVERTISEMENT

यसका लागि गैरे मोबाइलप्रति हार्दिक आभारसँगै बधाई दिन चाहन्छु ।’ २०१३ मा स्थापित अनर स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक संस्था रहेको बस्नेतले बताउनुभयो । ‘विश्वव्यापी प्रतिष्ठित प्राविधिक ब्राण्ड बन्न, सबै परिदृश्य र च्यानलहरूमा आम ग्राकह वर्गका लागि स्मार्ट जीवन सक्षम पार्न प्रतिबद्ध छौं’ उहाँले भन्नुभयो । आविष्कार, गुणस्तर र सेवामा रणनीतिक फोकसको साथै हनर विश्वभर आर एण्ड डी क्षमता र अग्रगामी टेक्नोलोजीहरू मार्फत बाहिर जानको लागि सशक्तिकरण गर्ने प्रविधिको विकास गर्न समेत आफुहरु समर्पित रहेको कम्पनीका एसएम बस्नेत बताउनुभयो ।

कम्पनीले अनर योजना अन्तर्गत जुलाई र अगष्ट महिनामा गैरे मोबाइलले शतप्रतिशत तारगेट पुरा गरेको मिस्टिक इनर्जीका ओनर शंकल्प श्रेष्ठले बताउनुभयो । आफ्नो व्यवसायिक सफलतामा कम्पनीले पुरस्कृत गरेर थप उत्साह जगाएको गैरे मोबाइलका सञ्चालक दुर्गा गैरेले बताउनुभयो । उहाँले अनर कम्पनीका मोबाइलहरुप्रति ग्राहकहरुको आकर्षण बढेको बताउनुभयो । गैरेले भन्नुभयो ‘अनर कम्पनीका जुन सुकै मोबाइलहरु भारतीय बजारमा भन्दा सस्तो र युरोपियन गुुणस्तरका रहेकाले पनि ग्राकहरुको रोजाईमा पर्न सफल भएको हो, जसका कारण पनि हामीले कम्पनीको लक्ष्य प्राप्त गर्न सफल भएका हौं ।’ विगत ३५ वर्षदेखि तानसेनको हुलाक चोकबाट सेवा दिदैं आएको गैरे मोबाइलले अहिले माछापुच्छ्रे बैंक भएको आफ्नै सुविधा सम्पन्न घरबाट विक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज