काठमाडौं । सोनामले ‘यसपालिको चाड सोनामको साथ’ अफर ल्याएको छ । अफरअन्तर्गत असोज २७ गतेसम्म कम्पनीका विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट हुनेछ । सोनाम ब्राण्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ पोशाक, टेन्ट, ब्यागलगायतका उत्पादन रहेका छन् ।
उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सिजी ल्याण्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड तथा बुटवल र सुर्खेतमा सोनामका शोरुम सञ्चालनमा रहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता