भक्तपुर । भक्तपुरको वागीश्वरी कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले शुक्रबार नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका छन् । भ्रमणमा २२ विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई व्यावसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले जनाएको छ ।
विद्यार्थीलाई इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले स्लाइट प्रिजेन्टेशन गरी इको प्यानलका विविध पक्षबारेमा जानकारी गराउनुभएको थियो भने व्यवस्थापक विक्रम गोसाईले इको प्यानलका विशेषताबारे चर्चा गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता