गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक मात्र भयो : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक मात्रै भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको पहिलो प्रदेश महाधिवेशनलाई सम्बोधनका लागि शुक्रबार विराटनगर आइपुग्नुभएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

‘गठबन्धनको सरकार अपराधि र तस्कारको संरक्षक मात्रै भएकाले यो सरकार रहिरहनु देशका लागि दुर्भाग्य हो’ ओलीले भन्नुभयो । यो सरकारको तत्कालै विकल्प खोजिहाल्नु पर्ने अवस्था भए पनि विकल्प नदेखिएको बताउनु भयाे। यो सरकारको विकल्पमा सोच्ने आँट कांग्रेसमा नभएका कारण तत्कालै नयाँ समिकरण बन्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

‘गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रुपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’

ADVERTISEMENT

अध्यक्ष ओलीले यो सरकारको तत्कालै विकल्प खोजिहाल्नु पर्ने अवस्था भए पनि विकल्प नदेखिएको बताउनु भयो। यो सरकारको विकल्पमा सोच्ने आँट कांग्रेसमा नभएका कारण तत्कालै नयाँ समिकरण बन्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

साथै अध्यक्ष ओलीले देशैभरको प्रदेश अधिवेशनमा आफूले कुनै निर्देशन नदिएको र कार्यकर्ताले पनि आफ्नो कुनै निर्देशन नमानेको अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले पार्टीको प्रदेश महाधिवेशनमा सके सहमति गर्नु र नसके स्वस्थ्य प्रतिस्पर्धा गर्न नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई निर्देशन दिएको बताउनु भयो। सञ्चार क्षेत्रले अहिले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने जबर्जस्ती सन्देश दिन खोजेको उहाँले आरोप समेत लगाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?