सिन्धुली । दुधौली नगरपालिका-११ तल्लो धनसरीस्थित कमला नदि किनारमा वेवारिसे शव फेला परेको छ । ६० वर्षको जस्तो देखिने एक पुरुषको शव भेटिएको हो ।
शुक्रबार विहान पानीमा घोप्टो परी डुबेको अवस्थामा पुरुषको शव देखेपछि स्थानीयबासिले प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाउना साथ प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनास्थल पुगेपछि तत्कालै आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि स्थानीय स्वास्थ्य संस्था प्राथामिक स्वास्थ्य केन्द्र सिथौँलीमा लगिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म मृतकको पहिचान खुलेको छैन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements