काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ स्किम ल्याएको छ ।
स्किमअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरमा १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १० हजार थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।
साथै शून्य फाइनान्सको सुविधाका साथै एक वर्षको रोड ट्याक्स छुट प्राप्त गर्न सक्नेछन् । स्किमअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत् बम्परमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।






