कालीकोट । कालीकोटमा अविरल वर्षाका कारण आएको बाढीले बगाएर बुबाको मृत्यु भएपछि एक नौ वर्षीय बालक बिचल्लीमा परेका छन् । जिल्लाको पलाँता गाउँपालिका-१ का लक्ष्मण भण्डारीको २०७३ जेठ ६ गते आएको बाढीले बगाएर मृत्यु भएपछि उहाँका नौ वर्षीय छोरा अजम भण्डारीको बिचल्ली भएको हो ।
सामाजिक परम्पराअनुसार २०७० सालमा लक्ष्मण भण्डारीले पाण्डवी भण्डारीसँग विवाह गर्नुभएको थियो । विवाह भएको करिब तीन वर्षपछि उहाँको अविरल वर्षाका कारण आएको बाढीले ज्यान गयो । भण्डारीको मृत्युपछि श्रीमती पाण्डवीले दोस्रो विवाह गरेर पोइल जानुभयो । बुबाको बाढीले बगाएर मृत्यु र आमाले दोस्रो विवाह गरेर गएपछि नौ वर्षीय अजम बिचल्लीमा पर्नुभएको हो । बिचल्लीमा पर्नुभएका अजमलाई अहिले उहाँका हजुरबुबा दीप भण्डारीले पालनपोषण गर्दै आइरहनुभएको छ ।
नौ वर्षीय बालक अजम बिचल्लीमा परेपछि उहाँका हजुरबुबा दीपले अजमलाई आफ्नो साथमा राखेर पालनपोषण गर्नुभयो । तर उहाँको आर्थिक अवस्था निकै कमजोर छ । ‘जेनतेन गरेर भए पनि नाति अजमलाई पढाउने सोच थियो, आर्थिक अवस्था कमजोर छ, अहिलेसम्म मकैको रोटी सिस्नुको तरकारी भए पनि सकिनसकी पालेँ तर अब दिनदिनै आफ्नो पनि उमेर ढल्किँदै गइसक्यो । न त कमाउने तागत नै छ न त आफू पालिने अवस्था नै छ । त्यहीँमाथि यो नातिलाई पाल्नुपर्ने अवस्था आएपछि निकै गाह्रो भयो,’ भण्डारीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘यसलाई पनि अब कुनै संघसंस्था र स्थानीय तहले पालनपोषण र पढाउने व्यवस्था गरिदिएको भए ढुक्क हुने थिएँ ।’
दोस्रो विवाह गरेर बाजुराको जगन्नाथ गाउँपालिकामा पोइल गएकी पाण्डवीले पनि छोरा अजमलाई साथमा लिएर नगएपछि अहिले यो अवस्था आएको हो । सानै उमेरमा आमाबुबाबाट टाढिनुभएका अजमले बुबाले गर्ने मायाको अनुभूतिसमेत लिन पाउनुभएन । भनिन्छ नि आमाबुबा भनेका जिउँदा भगवान् हुन् । तर, अजमले न त आमाले गर्र्ने माया नै पाउनुभयो, न त बुबाले गर्ने माया नै पाउनुभयो ।
अजमका हजुरबुबा दीपले आफ्ना नातिको पालनपोषण र पढाइको व्यवस्थापन गरिदिन विभिन्न संघसंस्थासँग हारगुहार गरे पनि उहाँको व्यवस्थापनका लागि कुनै ठाउँबाट उपाय ननिस्किएपछि आफन्तसँग कहीँकतै उद्धार गरिदिन आग्रह गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच