अफगानिस्तानमा पोलियोबिरुद्धको अभियान शुरु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । अफगानिस्तानमा पोलियोबिरुद्धको देशव्यापी अभियान शुरु गरेको छ ।

चारदिने अभियानमा पाँच वर्ष मुनिका ११ लाख बालबालिकामा हुने शारीरिक अशक्ततालगायतका रोगहरुको उन्मुलन गर्ने देशको प्रयास हुने बताइएको छ ।

ADVERTISEMENT

अभियानका क्रममा बालबालिकालाई पोलियोबिरुद्धको खोप खुवाउनुका साथै भिटामिन एको सप्लिमेण्ट पनि खुवाइने मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा यो वर्ष हालसम्म पाँच जना पोलियोको घटना देखिएपछि यो अभियान शुरु गरिएको हो ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त देशहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज