चिनियाँ अर्थतन्त्र खस्किँदो अवस्थामा

श्रीमननारायण
श्रीमननारायण
Read Time = 11 mins

लामो समयदेखि चीन वैश्विक अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ तर हालसालकै दिनमा चीनमा देखिएको आर्थिक सुस्तीले वैश्विक नेता र लगानीकर्तालाई चिन्तित बनाएको छ । सन् २०३० सम्म चीन अर्थतन्त्रमा अमेरिकाभन्दा पनि अगाडि निस्कने पक्षमा थियो तर अब यो सम्भव देखिँदैन । चीनभन्दा तीव्र विकासदर भारतको रहेको छ । आफ्नो खस्किँदो आर्थिक अवस्थाबाट चीन पनि चिन्तित छ । चीनमा आर्थिक संकट लम्बिएमा यसको प्रतिकूल प्रत्येक क्षेत्रमा पर्नेछ । सभवतः त्यहाँको राजनीति पनि त्यसबाट अछुतो रहन सक्ने छैन ।

कोभिड-१९ ले विश्वको अर्थतन्त्रलाई प्रभावित गर्‍यो, स्वभाविक रूपमा चीन पनि यसबाट अछुतो रहने बरू चीनमा नै ढिलोसम्म यसको प्रकोप देखियो । अहिलेसम्म चीनको आर्थिक वृद्धि रोकिएकै छैन । उपभोक्ता मूल्यमा गिरावट आएको छ, घर जग्गा कारोबार संकटग्रस्त छ भने निर्यात पनि घटेको छ । युवा बेरोजगारी दर उच्च हुन थालेपछि सरकारले तथ्यांक प्रकाशन बन्द गरेको छ । केही अघिमात्रै हङ्कङको हाङसेडप सूचकांकमा २० प्रतिशतभन्दा बढीको गिरावटसम्म देखियो ।

प्रमुख घर निर्माण तथा लगानी गर्ने कम्पनीले आफ्ना लगानीकर्तालाई भुक्तानी दिन सकेको छैन । हाउजिङ मार्केटमा देखिएको निरन्तरको संकटले वित्तीय स्थिरतामा झन जोखिम थपिने देखिन्छ । घरेलु मार्गलाई प्रोत्साहन गर्ने सरकारको ठोस उपाएको कमी र संक्रमणको डरले विकास दरमा कमी आउन थालेको छ । यसलाई हेरी धेरैजसो इन्भेष्टमेन्ट बैंकले चीनको आर्थिक वृद्धिको अनुमान घटाएर छ प्रतिशत तल झारेका छन् । घरजग्गा व्यवसायमा आएको गिरावट, न्यून बाहृय माग र नीति समर्थनमा कमी आएकाले चीनको वास्तविक कूल गार्हस्थ उत्पादन अनुमान घटाएको युविएसको प्रतिवेदनमा उल्लेख छ ।

धेरैजसो इन्भेष्टमेन्ट बैंकले चीनको आर्थिक वृद्धिको अनुमान घटाएर छ प्रतिशत तल झारेका छन् । घरजग्गा व्यवसायमा आएको गिरावट, न्यून बाहृय माग र नीति समर्थनमा कमी आएकाले चीनको वास्तविक कूल गार्हस्थ उत्पादन अनुमान घटाएको युविएसको प्रतिवेदनमा उल्लेख छ ।

त्यसको अर्थ चीनले उद्घोषण गरेको ५.५ प्रतिशतको आर्थिक वृद्धि पछ्याउन सम्भव छैन । बिक्रीको हिसाबमा देशकै ठूलो डेभलपर कम्पनी कन्ट्री गार्डन र अर्को प्रोपर्टी कम्पनी झोङरोङ ट्रस्ट डिफल्ट भएपछि थप चिन्ता बढ्न थालेको छ । युविएसको प्रतिवेदन अनुसार कन्ट्री गार्डेनले दुई अर्ब अमेरिकी डलर बोन्डमा ब्याज भुक्तानी कम गरेको छ । यसबाट लगानीकर्ता डराएका छन् । यस घटनाले हाल सालैसालै टाट पल्टिएको रियल स्टेट कम्पनी एयर ग्रान्डेको सम्झना दिलाएको छ ।

८७ अर्बको कोष व्यवस्थापन गर्ने झोङरोङ ट्रष्टले कम्तीमा पनि चार कम्पनीलाई १९ अर्ब बराबरको लगानी फिर्ता गर्न सकेन । लगानी फिर्ता गर्न नसकेपछि विरोधमा उत्रिएका प्रदशर्नकारीले ट्रष्ट कम्पनीअगाडि उच्च उपज उत्पादनमा भुक्तानीको माग गरे । प्रोपर्टी सेक्टरको घाटाले वित्तीय अस्थिरता ल्याउन सक्ने अनुमान त्यहाँका क्यापिटल इकोनोमिक्सका विद्वानहरूको पनि रहेको छ । एभरग्राण्डे अहिले पनि ऋण पुनगठनको स्थितिबाट गुज्रिरहेको छ । स्थानीय सरकारको ऋण पनि चीनको निम्ति चिन्ताको विषय बनेको स्थानीय स्तरमा देखिएको राज्य कोषमाथिको दबाबले चिनियाँ बैंकलाई ठूलो जोखिम रहेको त देखाउँछ नै विकासलाई गति दिने र सार्वजनिक सेवा विस्तार गर्ने सरकारको क्षमतालाई पनि संकुचित बनाउँछ । बेइजिङले अर्ततन्त्रलाई बढावा दिनलगातार वृद्धिका उपाय सार्वजनिक गरेको छ । यसमा व्याजदर कटौती, प्रोपर्टी मार्केट र उपभोक्ता व्यापारलाई समर्थन गर्ने कदम हुन् तर चीनले अन्य कुनै ठूलो रकम उठाउन चाहेको छैन । अहिले १५ वर्षअगाडिको वैश्विक वित्तीय संकटका बेलामै अहिले चरम संकटग्रस्त बनेको छ ।

ADVERTISEMENT

त्यतिबेला चीनको नेतृत्वले वैश्विक संकटको प्रभाव कम गर्न ५८६ अर्ब डलर सहायता प्याकेज घोषणा गरेको थियो तर त्यसले पनि अभूतपूर्व ऋण विस्तार तथा स्थानीय सरकारको उच्च कर्जालाई बढावा नै दियो । त्यसकारण पनि चीनको अर्थतन्त्र संघर्षकै भरमा छ । कोभिड-१९ ले चीनलाई विश्वका अधिकांश देशसितको सम्बन्धमा प्रतिकूल प्रभाव पार्‍यो र चीनको वैदेशिक व्यापार प्रभावित हुन पुग्यो ।

चीनमा युवा बेरोजगारी दर २० प्रतिशत भन्दा माथि छ, तलबमा वृद्धि पनि न्यून छ, कमजोर मागका कारण मूल्यमा गिरावट बढ्दो छ । आवास मूल्यमा मासिक ९ प्रतिशतको ह्रास आएको छ । स्थिर हुने कुनै संकेत छैन । कम ऊर्जा, बिक्रीमा गिरावट र उच्च मूल्यले पनि नयाँ परियोजना सुरु गर्ने सक्ने अवस्था छैन । सन् २०१९ को तुलनामा यो वर्ष नयाँ निर्माण ४० प्रतिशत मात्रै छ । चीनमा सम्पत्ति विकासकर्ता पनि चर्को दबाबमा छन् । चीनसम्बन्धी हरेक सकारात्मक चर्चा घरजग्गा कारोबारको मूल्यमा आएको गिरावटसँग जोडिन्छ । चीनको निर्यातको अवस्था पनि कमजोर छ ।

चीनमा बहुसंख्यक व्यक्ति गरिब नै छन् । चीनको १३ प्रतिशत जनसंख्या अहिले पनि गरिबीको रेखामुनि छ । गरिबीको रेखामुनि रहेकाहरूको प्रतिदिनको आय छ ५.५ डलरमात्र छ । चीनको आर्थिक वृद्धिदर घटेको छ । युवाहरू ठूलो संख्यामा बेरोजगार देखिएका छन् । विदेशी लगानी ओरालो लाग्दो छ । बजारमा चिनियाँ मुद्दा कमजोर छ । रियल स्टेट क्षेत्र सोचनीय हुनपुगेको छ । भोलि के होला भन्ने भयबाट चिन्तित भएर चिनियाँ लगानीभन्दा बचतमा जोड दिइरहेका छन् । चीनको आर्थिक विकास छ प्रतिशतको हाराहारीमा छ ।

जनसंख्याको मामिलामा भारतले अहिले चीनलाई उछिनेर अगाडि बढिसकेको छ । चीनमा जनसंख्या वृद्धिदर कम भएकोमा चिनियाँहरूका लागि खुसीभन्दा चिन्ता बढी हुनुपर्दछ । किनभने चिनियाँ संख्यामा प्रौढ व्यक्तिहरूको संख्यामा बढी हुनपुगेको छ जब कि युवाहरूको संख्या तुलनात्मक रूपमा कम भएको छ । जनसंख्या वितरणको यस अन्तरले वर्तमानमा चीनमा जनशक्तिको अभाव देखिएको छ भने भोलिको दिनमा चिनियाँ युवा जनशक्तिको अवस्था कस्तो होला ?

जापानमा पनि प्रौढ अवस्थाको जनसंख्यामा वृद्धि भएको छ, जब कि युवा जनशक्तिको अति नै खाँचो देखिएको छ । जनसंख्यामा युवाहरूको संख्या बढी भएकै कारण चीनले कम लागतमा विभिन्न वस्तु उत्पादन गर्न क्षमता प्राप्त गरेको थियो । अर्थात् चीनमा श्रम लागत कम थियो तर अब त्यो स्थिति विस्तारै प्रतिकूल हुँदै गएको छ । चीनमा आर्थिक संकट लम्बिएमा जनतामा असन्तोष मच्चिएमा चीनको राजनीतिक अवस्था नराम्री हल्लिन सक्छ । हुन त आजभन्दा ३/४ दशकपहिले चीनको राजनीतिक अवस्था हल्लिसकेको थियो ।

देङ सिआओ पिङको आर्थिक सुधारका कार्यक्रम नभएको भए चीनको अर्थ व्यवस्थामा सिपिसीको नियन्त्रणलाई यसका नेताहरूले खुकुलो नपारेको भए चीनको कम्युनिष्ट राजनीतिक व्यवस्था रूस जस्तो धराशायी हुने थियो । सम्पत्तिमाथि निजी स्वामित्व, धन आर्जन र लगानी गर्न छुट, अहस्तक्षेपकारी नीतिजस्ता आर्थिक सुविधा चिनियाँले उपयोग गर्न पाएको हुनाले चीनको कम्युनिष्ट व्यवस्थाले निरन्तरता पाएको हो । अर्थतन्त्रमा पूर्ण समाजवाद वा कम्युनिष्ट प्रणाली वा कम्युन प्रणाली स्थापना गर्नासाथ चीनको कम्युनिष्ट व्यवस्था समाप्त हुन्छ । राजनीतिक स्वतन्त्रताको स्वाद नचाखेका भए पनि उदारवादी अर्थतन्त्रको स्वाद चीनका जनताले अवस्था पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?