त्रियुगा नपाका पूर्वमेयर चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार गरेकाे मुद्दा दर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित चार जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप-पत्र दायर गरेको छ।

पूर्वमेयर चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएकोमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको हो ।

उनीहरुले आर्थिक २०७८/०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको आरोप छ ।

नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको अख्तियारको ठहर छ ।

ADVERTISEMENT

पूर्वमेयर चौधरी नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज समेत हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज