विभिन्न कार्यक्रम गरी ४४ औं विश्व पर्यटन दिवस मनाइयो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ ।

विभिन्न कार्यक्रमसहित बुधवार ललितपुरस्थित पाटन दरबार क्षेत्रमा ४४ औं विश्व पर्यटन दिवस मनाइएको हो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका मुल नाराका साथ ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरीसहित विभिन्न सांस्क्कृति कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

पाटनढोकादेखि शुरु भएको प्रभातफेरी पाटन दरबार क्षेत्र ललितपुरमा पुगेर समापन भएको थियो । नेपालमा आज पयर्टन दिवसको अवसरमा देशभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइँदै छ । आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढीरहेको छ ।

ADVERTISEMENT

नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तिब्र रूपमा अगाडि बढाएको पाइन्छ ।

यसले आन्तरिक विकास, देशको गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधनान्तर स्थिति सुध्रिएकोजस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *