बैतडीका सशस्त्र प्रहरी हवल्दार महराको गाडीको ठक्करबाट मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ८ हरिचन घरभई सशस्त्र प्रहरी बाजुरामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार ४० वर्षीय नरेन्द्र सिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

मंगलबार राती दशरथचन्द राजमार्गअन्र्तगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को हरिचन मोड नजिकै गाडीको ठक्करबाट महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरिक्षक दीपक गिरीले जानकारी दिनुभयो । घर नजिकैको बजार खोडपेबाट पैदल यात्रागरी घरतर्फ गइरहेका महरलाई गाडीले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्युभएको उहाँले बताउनुभयो । कुन गाडीले ठक्करदिएको हो भन्नेबारे खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

आफन्तले भने दोषी पत्ता नलागेसम्म शव नउठाउने बताएका छन् । मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अबरुद्ध पारेका छन् । अहिले राजमार्ग अवरुद्ध बनेको प्रहरीले बताएको छ । मृतक महराको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज