काठमाडौं । ब्रिटिस काउन्सिल आइइएलटिएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) सुरु गरेको छ । यस सुविधासँगै अब पहिलोपटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीले सबै खालका सीपमा दोहोर्याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन ।
वन स्किल रिटेकमा आइइएलटिएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्याएर परीक्षा दिन पाइने भएकाले विद्यार्थी सफल हुने सम्भावना बढ्नेछ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै सीपको परीक्षामा पनि उक्त अवसर प्राप्त हुनेछ ।
परीक्षाको ढाँचा र समय सामान्य आइइएलटिएस परीक्षामा व्यक्तिगत सीप जाँचे जस्तै हुनेछ तर परीक्षार्थीले अन्य तीन सीपको परीक्षा दिन भने आवश्यक हुने छैन । जसले गर्दा समयको बचत हुनेछ ।
आइइएलटिएस प्रयोगकर्ताको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर सुरू गरिएको ब्रिटिस काउन्सिलका आइइएलटिएस निर्देशक एन्ड्रियु म्याकेन्जीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts