सुरक्षाको प्रत्याभूति नभएको भन्दै चिकित्सकहरु आन्दोलित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् ।

उनीहरुले काठमाडौंमा प्रदर्शन समेत गरेका छन् ।

सुरक्षाको माग गर्दै चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरे ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन् ।

ADVERTISEMENT

प्रदर्शनमा वीर, शिक्षण, पाटन लगायत अस्पतालका चिकित्सकहरू सहभागी छन् ।

आफूहरूमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेको भन्दै उनीहरुले सुरक्षाको माग गरेका छन् ।

प्रदर्शनमा सहभागी डाक्टरको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै विभिन्न नारा लगाएका थिए ।

स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्, नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?