मुन्दु गाँउका स्थानिय सिमी वेचेरै गर्छन् जिविकोपार्जन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं ६ पचच्या भन्ने ठाँउमा सोमबार पुग्दा किसानहरु पाकेको सिमी चुट्न मै व्यस्त देखिन्थे । घरमा रहेका बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगी कोहि सिमी चुट्न त कोहि सिमी उखेल्न त कोहि सिमी बताई रहेका थिए ।

मुगु जिल्लामा सिमी उत्पादनको राम्रो क्षेत्र मानिने मुन्दु गाँउका स्थानियहरु हिजोआज सिमी भित्राउने चटारोमा छन् । सोहि अनुसार पचच्या भन्ने स्थानमा रहको जग्गामा मुन्दालहरु सिमी उखेल्न, बताउन र चुटन थालेका हुन् ।

मुन्दु गाँउमा ७० भन्दा बढी घरधुरी रहेपनि मुस्किलले एक दुई जना मात्र नोकरीमा छन ति पनि अस्थायी र करार गाँउलेहरुको प्रमुख आयस्राेत भनेको भेडापालन, जडिडुटी, सिमी, आलु, मह नै हो ।

जिल्ला सदरमुकाम गमगढीबाट २ घण्टाको पैदल दुरीमा यो गाँउ रहेपनि वत्ती मुनिको अध्यारो जस्तै छ । बजार नजिक भएर पनि यातायातका साधनको सुविधा नहुदा पैदलै हिडेर आफुले उत्पादन गरेका कृषि र मासु जन्य उत्पादनहरु गमगढी बजारमा विक्रीका लागि लिने गर्दछन् ।

हाम्राे आम्दानी गर्ने अरु स्राेतका साथै सिमी दाल बाली पनि प्रमुख हो, सिमी बेचेर आएको पैसाले बालबच्चा पढाउने, औषधी उपचार गर्ने, लुगाफाटो किन्ने र अन्य घर खर्च चलाउने गर्छौ मुन्दु गाउँका स्थानिय टेकेन्द्र ऐडीले बताउनु भयो उहाँले भन्नुभयो,- 'म कक्षा ११ मा पढ्छु मेरो पढाईको सबै खर्च सिमी बेचेरै आएको पैसाले धान्ने गरेको छ ।' सिमीले नै सबै धान्ने भएकाले आफुहरुका लागि सिमी बाली भविष्यदाता भएको पनि कृषक ऐडीले बताउनु भयो ।

ADVERTISEMENT

काखमा दुधे बालक च्यापेर सिमी चुट्दै गरेका अर्का स्थानिय पुनी बोहोराले आफ्नो गाँउमा सिमी राम्राे उत्पादन हुने तर बाबुबाजे देखि गर्दै आएको खेतीमा पछिल्लो समय उत्पादनमा कमी हुने गरेको बताउनुभयाे । 'हामीले खेती गर्न जानेनौ की विउ पुरानो भयो वा माटो विग्रियो थाहा छैन कसैले तालिम, विउ र गरा बनाउन सिकाए हाम्राे उत्पादन झन राम्राे हुने थियो,'- उहाँले भन्नुभयाे । 'गमगढीमा मात्र विक्रि गर्छौ तलतिर कहाँ लाने थाहा छैन' । हुन पनि यहाँको सिमी राम्राे गुणस्तरको भएपनि ठुला बजारतिर विक्रीको मेसो नपाउँदा सदरमुकाम गमगढीमा मात्र सिमित हुन पुगेको छ ।

गाँउलेहरुले आफ्ना अन्य ठाँउका जग्गामा सिमी खेती गरेपनि प्राय सबै गाँउलेहरुको पचच्या भन्ने स्थानमा सिमीको ठुलो खेती गरेका छन् । त्यहाँ ५४जना स्थानियहरुको १० हेक्टर बढी जग्गा भएकाे र पुरै जग्गामा सिमी खेती गरेकाे मुन्दु गाँउका जेष्ठनागरिक धनरुप बोहोरा बताउनु हुन्छ । बजारमा सिमीको मुल्य राम्राे छ पहिला पाथीको २५० मा विक्री हुने सिमी अहिले ५०० रुपयाँ पाथी पर्छ । अहिले पनि पुरानै ढंगले सिमी खेती गदै आएको बताउने बोहोरा नयाँ नयाँ खेती बारे सरकारले किसानलाई सिकाउनु पर्ने माग गर्नुहुन्छ । सरकारका नाममा सिमी जोनले सिमी भण्डारणका लागी भकारी र विउ दिएको छ, हामीलाई घेरवार, सिचाई, तालिम र औजार पनि दिनु पर्‍यो ।

सिमी विक्रीबाट मात्र एक सिजनमा गाँउलेहरुले १ लाख देखि बढी रुपयाँ भित्राउने गरेको अनुमान गरिएको छ । अहिलेसम्म कति उत्पादन र विक्री हुन्छ सरकारी तबरबाट रेकर्ड राख्ने गरिएको छैन जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय रहेकाले सिमी विस्तार कार्यक्रम अन्तर्गत कृषक, उत्पाद, विक्री र खेती क्षेत्र बारे रेकर्ड राखिने परियोजना कार्यान्वयन ईकाई कार्यालय प्रमुख तेज विक्रम मल्ल बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ- 'मुगुका कयौँ गाउँहरुका खेतीपाती गर्ने जमिन सिमी, ओखर, स्याउ र जडिवुटीका लागी उर्वर र उत्तम छन् तर हामीसंगको सिमित साधन, स्राेत र पुजीले पहिचान र उपयोग गर्न सकिएको छैन ।' यो वर्षबाट प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय मुगुले सिमीको राम्राे बजार देखेकाले कृषकहरुलाई सिमी ढुवानीमा अनुदान दिन लागेको उहाँले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो- 'कृषकहरुले उत्पादन गरेर नेपालगंज, सुर्खेत, पोखरा, बुटवल र काठमाडौंसम्म विक्रीका लागी लैजान ढुवानी खर्च नपाएर घर मै कुवाउने तर बजारमा माग हुने स्थिती देखेपछि कार्यालयले यो वर्षबाट कृषकहरुलाई सिमी ढुवानी अनुदान दिन लागेको छौं ।'  ढुवानी अनुदान लिनका लागी कृषकहरुलाई आफ्नो उत्पादन एकिन गरि आवेदन दिन लगाउने यसरी आएका आवेदन र स्थलगत अनुगमन पछि सिमि उत्पादन र विक्रीको एकिन तथ्याङ्क आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?